global ime bank Long Banner Ad

गृहपृष्ठ विश्वकपमा बुधबार तीन रोचक भिडन्त : फ्रान्स–सेनेगल, इराक–नर्वे र अर्जेन्टिना–अल्जेरिया आमनेसामने

विश्वकपमा बुधबार तीन रोचक भिडन्त : फ्रान्स–सेनेगल, इराक–नर्वे र अर्जेन्टिना–अल्जेरिया आमनेसामने

विश्वकपमा बुधबार तीन रोचक भिडन्त : फ्रान्स–सेनेगल, इराक–नर्वे र अर्जेन्टिना–अल्जेरिया आमनेसामने

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार हुने खेलमध्ये फ्रान्स र सेनेगल, इराक र नर्वे तथा अर्जेन्टिना र अल्जेरियाबीचका प्रतिस्पर्धा विशेष चासोका साथ हेरिएका छन्।

राति १२ः४५ बजे हुने फ्रान्स–सेनेगल भिडन्तलाई निकै प्रतिस्पर्धात्मक खेलका रूपमा हेरिएको छ। विश्व फुटबलको शक्तिशाली टोली फ्रान्ससँग किलियन एम्बाप्पे, ओस्मान डेम्बेले र माइकल ओलिसे जस्ता स्टार खेलाडी छन् भने सेनेगलसँग साडियो माने, इस्माइला सार र इलिमान एनदियाए जस्ता अनुभवी खेलाडी छन्। सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई हराएको स्मरणीय इतिहासका कारण पनि यो खेल विशेष महत्वको मानिएको छ।

यस्तै, बिहान ३ः४५ बजे हुने अर्को खेलमा इराक र नर्वे आमनेसामने हुनेछन्। चार दशकपछि विश्वकपमा फर्किएको इराक सकारात्मक सुरुवात खोजिरहेको छ भने नर्वे १९९८ पछि विश्वकपमा पुनरागमन गरेको टोली हो। नर्वेका स्टार फरवार्ड इर्लिङ हालान्ड र कप्तान मार्टिन ओडेगार्डमाथि समर्थकहरूको विशेष नजर रहनेछ।

यसैगरी बिहान ६ः४५ बजे तीन पटकको विश्व विजेता अर्जेन्टिनाले अल्जेरियाको सामना गर्नेछ। उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनासँग लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र क्रिस्टियन रोमेरो जस्ता खेलाडी छन्। अल्जेरियाले भने कप्तान रियाद माहरेजको नेतृत्वमा दक्षिण अमेरिकी महारथीलाई चुनौती दिने लक्ष्य राखेको छ।

विश्वकपको सुरुआती चरणमै हुने यी खेलहरूले समूहको समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। फ्रान्स, नर्वे र अर्जेन्टिना कागजमा बलिया टोली देखिए पनि सेनेगल, इराक र अल्जेरियाले अप्रत्याशित नतिजा निकाल्न सक्ने क्षमता राख्ने भएकाले प्रतिस्पर्धा रोमाञ्चक हुने अनुमान गरिएको छ।

प्रकाशित समय : १९:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु