global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनी विकास बैंकका सात प्रकारका कर्जामा एकल अंक ब्याज

लुम्बिनी विकास बैंकका सात प्रकारका कर्जामा एकल अंक ब्याज

लुम्बिनी विकास बैंकका सात प्रकारका कर्जामा एकल अंक ब्याज

लुम्बिनी विकास बैंकले सात प्रकारका कर्जा एकल अंक ब्याजदरमा प्रदान गर्ने भएको छ । बैंकले लुम्बिनी घर कर्जा, व्यक्तिगत कर्जा, अटो कर्जा, शैक्षिक कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, लघुवित्त तथा आर्थिक विपन्न वर्ग सहायता कर्जा र कृषि कर्जा ९.९२ प्रतिशत ब्याजमा प्रदान गर्ने सार्वजनिक गरेको हो ।

ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सातै प्रदेशमा रहेका ६८ वटा शाखा कार्यालयबाट आवेदन दिन सकिने बैंकले जनाएको छ । सम्पूर्ण आवश्यक कागजातसहित आवेदन दिएको तीन कार्यदिनमै कर्जा स्वीकृतिको निर्णय हुने पनि बैंकले स्पष्ट पारेको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभर ६८ शाखा र १६ एटिएमबाट २ लाख ५३ हजार ग्राहकलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आएको जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले २०७७ असार मसान्तसम्ममा २९ अर्ब ७० करोड निक्षेप संकलन गरी २५ अर्ब ७१ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले ग्राहकलाई निशुःल्क डेविट कार्ड वितरण गरी उक्त कार्डबाट नेपालभित्र जुनसुकै बैंकका भिजा नेटवर्क भएको एटिएम मेसिनबाट रकम झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ । साथै कोभिड–१९ को विषम परिस्थिति अन्त्य नभइसकेको हुँदा सम्भव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ कारोबार गर्न पनि बैंकले आग्रह गरेको छ ।

प्रकाशित समय : १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु