गृहपृष्ठ कुमारी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट
कुमारी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट
कुमारी बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बीच विशेष सेवाहरुमा छुटका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा कुमारी बैंकका बैंकका रिलेसनसिप म्यानेजर उदितबहादुर सिंह र सिद्धार्थ बिजनेस ग्रुपका सेल्स तथा मार्केटिङ निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।
बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिक रूपमा छुटसम्बन्धी सम्झौता गरिएको थियो । सम्झौतासँगै कुमारी बैंकका डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा, सुविधानगरस्थित उक्त सिद्धार्थ बिजनेस ग्रुपअन्तर्गतका होटेल रेस्टुरेन्टमा खानपानमा १० प्रतिशतसम्मको छुट प्राप्त हुनेछ । ग्राहकले होटल बसाइमा रुम शुल्कमा पनि आकर्षक कर्पोरेट छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
प्रकाशित समय : १७:०९ बजे


















