global ime bank Long Banner Ad

गृहपृष्ठ सानिमा बैंकबाट चेकबिना नै भुक्तानी

सानिमा बैंकबाट चेकबिना नै भुक्तानी

सानिमा बैंकबाट चेकबिना नै भुक्तानी

सानिमा बैंकले ग्राहकको सुविधालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मंगलबारदेखि डिजिटल काउन्टर सञ्चालनमा ल्याएको हो ।

डिजिटल काउन्टरमार्फत सानिमा बैंकका ग्राहकले चेकबिना नै भुक्तानी प्राप्त गर्न सक्नेछन् । यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो ई बैंकिङ’ बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्युआर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्युआर कोड स्क्यान गरी रकम निकाल्न सक्नेछन् । सानिमा बैंकको प्रधान कार्यालय नक्सालबाट सुरु भएको यो सेवा समयअनुसार थप सुविधा समायोजन गरी विस्तार गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु