गृहपृष्ठ सिद्धार्थ बैंकले ९.५५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा दिने
सिद्धार्थ बैंकले ९.५५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा दिने
सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायीका लागि सस्तो ब्याजदरमा कर्जा दिने योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले ९.५५ वार्षिक ब्याजदरमा एसएमई कर्जा लिन सक्नेछन् ।
कोभिड १९ महामारीले व्यवसायमा परिरहेको असहज परिस्थितिलाई सहजीकरण गर्न उद्देश्यले ‘जस्तोसुकै परिस्थिति होस्, नरोकियोस् केही गर्ने जोस’ नारासहित बैंकले यो योजना सार्वजनिक गरेको जनाएको छ ।
प्रकाशित समय : १७:२१ बजे


















