गृहपृष्ठ रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम घरबाटै तिर्न सकिने
रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम घरबाटै तिर्न सकिने
रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम घरबाटै तिर्न सकिने भएको छ । कम्पनीले बिमा प्रिमियमको डिजिटल भुक्तानीका लागि भुक्तानी सेवाप्रदायक सेलकमको सेल पेसँग सम्झौता गरेको हो ।
सम्झौता पत्रमा रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
यससँगै रिलायबल लाइफका ग्राहकले बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्नुपर्ने बाध्यता हटेको छ । ग्राहकले सेल पेमा लगइन गरी बिमा अप्सनमा क्लिक गरेर रिलायबल लाइफको प्रिमियम तिर्न सक्नेछन् ।
प्रकाशित समय : १७:२५ बजे


















