भारतमा कोरोना संक्रमण उच्च गतिमा विस्तार, ७६ हजारको मृत्यु, कुन प्रान्तमा कति ?
वि.सं.२०७७ भदौ २६ शुक्रवार २१:०१
shares

भारतमा कोरोनाभाइरस (कोभिड १९) संक्रमित संख्या ४५ लाख ६२ हजार नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार दिउँसो १ बजेसम्ममा ४५ लाख ६२ हजार ४१४ मानिस संक्रमित भएका छन् । तीमध्ये ७६ हजार २७१ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार ३५ लाख ४२ हजार ६६३ जना निको भएर घर फर्किसकेका छन् भने ९ लाख ४३ हजार ४८० जना उपचाररत छन् । भारतमा सबैभन्दा धेरै कोरोनाबाट प्रभावित प्रान्त महाराष्ट्र हो । महाराष्ट्रमा ९ लाख ९० हजार ७९५ मानिस संक्रमित भएकोमा २८ हजार २८२ जनाको मृत्यु भइसकेको छ । ७ लाख ७१५ मानिस डिस्चार्ज भएकोमा २ लाख ६१ हजार ७९८ जनाको उपचार भइरहेको छ ।
भारतका ३६ प्रान्त तथा क्षेत्रहरूमध्ये ३५ प्रान्त कोरोनासँग लडिरहँदा लक्ष्यदिप भने कोरोनामुक्त छ । हालसम्म लक्ष्यदिपमा कुनै पनि मानिसमा कोरोना संक्रमण देखिएको छैन ।
स्रोत : स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय, भारत


























