global ime bank Long Banner Ad

गृहपृष्ठ सनराइज बैंकद्वारा डिजिटल टेलर सेवा सुरू

सनराइज बैंकद्वारा डिजिटल टेलर सेवा सुरू

सनराइज बैंकद्वारा डिजिटल टेलर सेवा सुरू

सनराइज बैंकले बैंकका काउन्टरमार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन डिजिटल टेलर (Digital Teller) सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने गरी बैंकले यो सेवा सुरु गरेको हो ।

यस सेवाको सुरुवातसँगै अबदेखि बैंकमा खाता हुने ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन सनराइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड (QR Code) स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्नेछन् । यो सेवामार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड (QR Code) स्क्यान गरी एक दिनमा १ लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्म नगद निकाल्न सक्नेछन् ।

पेपरलेस बैंकिङतर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास छ ।

प्रकाशित समय : २३:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु