global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव सम्पन्न, सात जना कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव सम्पन्न, सात जना कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७३औं वार्षिकोत्सव सम्पन्न, सात जना कर्मचारी सम्मानित

नेपालको पहिलो बिमा कम्पनी नेपाल इन्स्योरेन्सले ७३औं वार्षिकोत्सवका अवसरमा सात जना कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार सम्पन्न वार्षिकोत्सवका अवसरमा कम्पनीमा २५ वर्ष सेवा अवधि पूरा गरेका ६ जना कर्मचारीलाई दीर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका एक कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

प्रधान कार्यालय कमलादीमा भएको वार्षिकोत्सव विशेष कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहले नेपाल इन्स्योरेन्सले स्थापना कालदेखि नै ग्राहकका लागि भरपर्दो र विश्वासिलो कम्पनीको पहिचान बनाएको बताए । ‘नेपाल इन्स्योरेन्सलाई जेष्ठसँगै श्रेष्ठ बनाउने दिशामा हामी अग्रसर छौं,’ उनले भने, ‘यसका लागि सम्पूर्ण बिमित, कर्मचारी, लगानीकर्ता, बिमा समिति तथा अन्य नियामक निकाय, बैंक तथा वित्तीय संस्था, पुनर्बिमा कम्पनी, सर्भेयर, अभिकर्ता, ब्रोकर तथा आम नागरिकबाट आगामी दिनहरुमा अझ बढी सहयोगको अपेक्षा गरेका छौं ।’ आधुनिक बिमाका सुविधा सुरक्षित र सरल रुपमा बिमितसम्म पु-याउन नवीनतम् प्रविधिको प्रयोग गरी कम्पनीको शाखा सञ्जाल विस्तार गर्दै आएको सीईओ शाहले जानकारी दिए ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्मा, सदस्यहरु र कर्मचारीहरुको उपस्थिति थियो । कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण प्रदेश तथा शाखा कार्यालयसँग भने भर्चुअल शुभकामना आदानप्रदान गरिएको कम्पनीले जनाएको छ ।

नेपाल इन्स्योरेन्सले हाल प्रधान कार्यालय तथा देशका प्रमुख स्थानमा रहेका ५० वटा शाखा कार्यालय र इटहरी, कावासोती र एकान्तकुनासहित तीनवटा तेस्रो पक्ष बिमा सेवा केन्द्रसमेत गरी ५४ स्थानबाट बिमा सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले १ अर्ब १७ करोड ७८ लाख बिमा प्रिमियम संकलन गरेको छ भने २३ करोड ६५ लाख खुद नाफा कमाएको छ ।

प्रकाशित समय : २३:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु