global ime bank Long Banner Ad

गृहपृष्ठ तीन जना आफन्तमाथि ‘बाम्फोक’ प्रहार, २२ वर्षीय युवक पक्राउ

तीन जना आफन्तमाथि ‘बाम्फोक’ प्रहार, २२ वर्षीय युवक पक्राउ

तीन जना आफन्तमाथि ‘बाम्फोक’ प्रहार, २२ वर्षीय युवक पक्राउ

धारिलो हतियार प्रहार गरी ३ जनालाई घाइते बनाएको अभियोगमा सिरिजंघा गाउँपालिका- ८, तारतुम बस्ने २२ वर्षीय लाक्पा भोटेलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ छिरिङडाँडास्थित आफ्न्तको घरमा बेलुकाको खाना खाई बसेकोमा भोटेले धारिलो हतियार बाम्फोकले प्रहार गरेको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार बाम्फोक प्रहारबाट सोही ठाउँका ६० वर्षीया लाक्पा फुटी भोटे, उनकै छोरा ३६ वर्षीय पासाङ भोटे र १८ वर्षीय पासाङ छिरिङ घाइते भएका छन् ।

घटनाबारे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तेल्लोक र प्रहरी चौकी याम्फुदिनबाट खटिएको प्रहरीले लाक्पालाई हतियारसहित पक्राउ गरेको हो । घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी याम्फुदिन पठाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : २३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु