global ime bank Long Banner Ad

गृहपृष्ठ कोरोनाका गम्भीर बिरामीमध्ये सबैभन्दा बढी बागमतीमा

कोरोनाका गम्भीर बिरामीमध्ये सबैभन्दा बढी बागमतीमा

कोरोनाका गम्भीर बिरामीमध्ये सबैभन्दा बढी बागमतीमा

देशभर रहेका कोरोना संक्रमणका गम्भीर बिरामीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल बागमतीमा १४१ जना बिरामीको आइसीयूमा उपचार भइरहेको छ । त्यस्तै २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

दोस्रोमा प्रदेश नं. ५ मा ४१ जना कोरोना संक्रमितलाई आइसीयूमा राखेर उपचार भइरहेको छ । त्यसैगरी प्रदेश नं. २ मा १६, कर्णालीमा १५, प्रदेश नं. १ मा १३ र गण्डकीमा ६ जनालाई आइसीयूमा राखिएका छन् । देशभर २३२ जना संक्रमितको आइसीयूमा उपचार भइरहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै बागमती प्रदेशमा २६ र प्रदेश नं. १ मा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गम्भीर स्वास्थ्य अवस्था भएका बिरामीलाई आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको हो ।

आज देशभर एक हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी काठमाडौँमा ६०९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ ।

आज थप ४५७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४११ रहेको छ । थप १७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

प्रकाशित समय : २३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु