global ime bank Long Banner Ad

गृहपृष्ठ सेनाबाट बाढीपहिरामा ज्यान गुमाउने २३४ कोे शव व्यवस्थापन

सेनाबाट बाढीपहिरामा ज्यान गुमाउने २३४ कोे शव व्यवस्थापन

सेनाबाट बाढीपहिरामा ज्यान गुमाउने २३४ कोे शव व्यवस्थापन

नेपाली सेनाले यस वर्षको मनसुन सुरु भएयता मुलुकका विभिन्न भागमा गएको बाढी, पहिरो र अरु प्राकृतिक प्रकोपका घटनामा परी ज्यान गुमाएका २३४ जनाको शव व्यवस्थापन गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त अवधिमा त्यस्ता प्राकृतिक प्रकोपका घटनाबाट अप्ठेरामा परेका ३९९ जनाको जीवित उद्धार गरिएको छ ।

सेनाले घटना अप्ठेरामा परेका ४३४ जनालाई सुरक्षित स्थानान्तरण गरिएको, ५८६ नागरिकलाई सुुरक्षित स्थानमा सार्न सहयोग पुर्‍याइएको, अवरुद्ध २३ सडकको पहिरो हटाएर पुनःसञ्चालन गरिएको तथा २६ पुलमर्मत र तटबन्ध निर्माण गरिएको जनाएको छ ।

उक्त अवधिमा डुबानमा परेका ७०० जनालाई सहयोग पुर्‍याइएको, आगलागीका दुई घटनाको नियन्त्रण गरेको तथा ५४ सर्वसाधारणलाई विभिन्न कोणबाट सहयोग गरिएको सेनाले जानकारी दिएको छ । यस्ता विपद्का घटनामा सेनाका स्थानीय एकाइबाट खटिएका टोलीले उद्धार र सहयोग गरेका हुन् ।

सिन्धुपाल्चोक, धादिङ, सुनसरी, कपिलवस्तु, बागलुङ, स्याङ्जा, मकवानपुर, पाल्पालगायत जिल्लामा भएका पछिल्ला बाढीपहिरो र अन्य दुर्घटनास्थलमा खटिएर उद्धार र सहयोगमा सैनिक जुटेको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । (रासस)

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु