global ime bank Long Banner Ad

गृहपृष्ठ २०२० भित्र कोभिड-१९ खोपको ६१ करोड डोज उत्पादन गर्ने चीनको दाबी

२०२० भित्र कोभिड-१९ खोपको ६१ करोड डोज उत्पादन गर्ने चीनको दाबी

२०२० भित्र कोभिड-१९ खोपको ६१ करोड डोज उत्पादन गर्ने चीनको दाबी फाइल फोटो

कोभिड–१९ खोप विकास कार्यक्रममा ‘अग्रणी भूमिका’ रहेको चीनले यस वर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । विश्वभर विभिन्न नौ खोप परीक्षणको अन्तिम चरणमा छन्, जसमध्ये चीनद्वारा उत्पादित विभिन्न चार वटा कोरोनाभाइरस खोप विकास तीव्र रूपमा अघि बढेको छ ।

विश्वभरका वैज्ञानिकहरूले घातक सङ्क्रमण विरोधी अभियानलाई अघि बढाउने क्रममा विश्वभर दर्जनौँ खोपहरूको परीक्षणले महामारीबाट मुक्ति पाउने आशासहित विश्वले पर्खिरहेको छ । विश्वव्यापी महामारी निम्त्याएको कोभिड–१९ संक्रमितमध्ये करिब १० लाख मानिसको मृत्यु भइसकेको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने, ‘चीनले यो वर्षको अन्त्यसम्म कोभिड–१९ विरुद्धको करिब ६१ करोड मात्रा उत्पादन गर्ने विश्वास राखेको छ । खोपको उत्पादनको वार्षिक उत्पादन क्षमता अर्को वर्षसम्म कम्तीमा एक अर्ब डोजमा पुग्नेछ ।’

विज्ञान तथा प्रविधि मन्त्रालयका वु युआनबिनले भने, ‘चीनले ११ वटा खोपको क्लिनिकल परीक्षणमा प्रवेश गरिसकेको र सहज रूपमा प्रगति भइरहेको छ ।’ चीनको कोभिड–१९ खोप अनुसन्धान र विकास कार्य समग्रमा अग्रणी स्थितिमा रहेको उनले बताए ।

चीनले जुलाईदेखि कन्दरगाह, अस्पताल र अति जोखिम रहेका सयौँ हजार व्यक्ति (स्वयंसेवक) मा परीक्षण गरिरहेको र खोप परीक्षणले विश्व स्वास्थ्य संगठनबाट सहयोग पाइरहेको जनाएको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने उनले जनाए । (रासस)

प्रकाशित समय : ००:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु