गृहपृष्ठ विश्वभर कोरोनाबाट १० लाख ९० हजारको मृत्यु
विश्वभर कोरोनाबाट १० लाख ९० हजारको मृत्यु
विश्वभर कोरोना भाइरसबाट १० लाख ९० हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ५ हजार ११ जनाले ज्यान गुमाएका छन् ।
हाल विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ६१ हजार २८९ जना पुगेका छन् । वितेका २४ घण्टामा मात्रै ३ लाख १३ हजार २८६ जना संक्रमित थपिएका हुन् । त्यस्तै हालसम्म कोरोनाबाट २ करोड ८८ लाख ४६ हजार ८६१ जना निको भई घर फर्केका छन् ।
विश्वभर सक्रिय संक्रमितको संख्या ८४ लाख १६ हजार ६५२ छ । जसमध्ये १५ हजार ७९ जनाको अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सबैभन्दा बढी कोरोना फैलिएको अमेरिकामा बितेका २४ घण्टामा ८४३ जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा दुई लाख २० हजार ८७३ जनाको ज्यान गएको छ । अमेरिकामा कोरोनाबाट हालसम्म ५२ लाख २६ हजार ४२७ जना डिस्चार्ज भएका छन् भने कुल संक्रमितको संख्या ८० लाख ९० हजार २५३ जना छन् ।
छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख ३७ हजार ८२ छ भने एक लाख १० हजार ६१७ जनाले ज्यान गुमाएका छन् । भारतमा बितेका २४ घण्टामा मात्रै ७२३ जनाको ज्यान गएको छ ।
प्रकाशित समय : १६:०८ बजे



















