global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी ट्राफिक कारबाहीमा

नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी ट्राफिक कारबाहीमा

नम्बर प्लेट स्पष्ट नभएका ३९९ वटा सवारी ट्राफिक कारबाहीमा

महानगरीय ट्राफिक प्रहरी महशाखाले सवारी साधनमा नम्बर प्लेट नराखेको, स्पष्ट नभएको, केरमेट भएको, खुईलिएको,नम्बर प्लेटको टप बङ्ग्याएको र मोटरसेफ गार्ड राखी नम्बर प्लेट ढाकिएका सवारीलाई विशेष अभियानमार्फत कडाईका साथ कारवाही गर्न थालेको छ ।

सोमबारमात्रै नम्बर प्लेट खुइलिएका, स्पष्ट नभएका, मोटरगार्ड राखि नम्बर प्लेट ढाकिएका १६३ वटा सवारी साधनलाई कारवाही गरेको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । ट्राफिक नियम उल्लंघन गरि हिड्ने, दुर्घटना गरि फरार हुने, अपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न नै यस अभियानको थालनी गरिएको महाशाखाका प्रमुख ढकालले बताए ।

यस अभियानलाई गत आइतबारदेखि कडाइका साथ कार्यान्वयन गरि हालसम्म ३९९ वटा सवारीलाई कारबाही गरि नम्बर प्लेटसमेत स्पष्ट लेख्न लगाएका छौ । यस्ता सवारी चालकहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार ट्राफिक प्रहरीले ५०० देखि १५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको कुरा महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए ।

उनले यस कारबाही अभियानले सवारी धनीहरुलाई आफ्नो सवारीको नम्बर प्लेट स्पष्ट देखिने गरी राख्न र सवारीको चेकजाँच एव मर्मत सम्भार गर्नेबानीको विकाससमेत गर्ने अपेक्षा लिएको बताए । सवारी साधनको नम्बर प्लेट स्पष्ट देखिनेगरि र तोकिएको ढाँचामा राखेर सञ्चालन गर्न सम्पूर्ण सवारी धनीहरुलाई महाशाखाले अनुरोधसमेत गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिए ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु