गृहपृष्ठ बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर फेस्टिभ राइड’का विजेता घोषणा
बर्जर पेन्ट्स नेपालद्वारा ‘बर्जर फेस्टिभ राइड’का विजेता घोषणा
बर्जर पेन्ट्सको ‘बर्जर फेस्टिभ राइड’ ग्राहक योजनाअन्तर्गत बम्पर पुरस्कार यामाहाको एफजेड-२५को विजेता अर्जुन भट्ट भएका छन् । २०७८ सालको दसैं तिहारको अवसरमा सञ्चालन गरिएको यस योजनाअन्तर्गत ग्राहकहरुले चयन गरिएका बर्जर पेन्ट्का उत्पादनहरु खरिद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस स्योर सट उपहार प्राप्त गरेका थिए ।
यसका साथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामा सहभागी भई अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो । योजनामा सहभागी ग्राहकहरुमध्येबाट ५४ जना विजेताको घोषणा प्रत्यक्ष लक्की ड्र बाट गरिएको थियो । जसअनुसार बम्पर पुरस्कार यामाहा एफजेड-२५१ अर्जुन भट्ट (नारायणघाट)ले प्राप्त गरेका हुन् ।
यस्तै, प्रथम पुरस्कार यामाहा फसिनो १२५ एफआई १ भरत शाह (जनकपुर), दोस्रो पुरस्कार सामसुङ एस२१ मोबाइल-भिष्म ओझा (धनगढी), शिव भण्डारी (बुटवल)ले प्राप्त गरेका छन् । यसैगरी लक्की ड्र मार्फत् ५० जना विजेताले तेस्रो पुरस्कार अन्तर्गत सामसुङ एम०२एस मोबाइल जितेका छन् । डिजिटल कन्टेस्टअन्तर्गत प्रथम पुरस्कार १ लाख नगद केदार बजगाईले जितेका छन् भने दोस्रो पुरस्कारअन्तर्गत दुई जनाले जनही ५० हजार, तेस्रो पुरस्कारमा ५ जनाले जनही ५ हजार र २० जनाले जनही १० हजार सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी सुरेस दाहालले पब्लिक च्वाइस अवार्डअन्तर्गत २५ हजार जितेका छन् ।
बर्जर पेन्ट्स नेपालमा सर्वोत्कृष्ट गुणस्तरको पेन्टहरुका लागि परिचित छ । हाल कम्पनीको भित्री पेन्टहरुमा प्रिमियम लग्जरी फिनिस युक्त सिल्क ब्रेथ इजि, सिल्क ग्ल्यामर, इजि क्लिन फ्रेस, इजि क्लिनजस्ता उत्पादनहरु छन् भने बाहिरी पेन्टको हकमा पीयू र नानो सिलिकन प्रविधिमा आधारित १० वर्ष वारेन्टी युक्त वेदर कोट लङ लाइफ, सबै मौसमअनुकुल ७ वर्ष वारेन्टीयुक्त वेदर कोट अल गार्ड, भित्र र बाहिर दुवै सतहमा लगाउन मिल्ने बेदर कोट च्याम्पका साथै सिल्क इलुसन्स, सील(ओ)प्राइम जस्ता नविनतम् उत्पादनहरु बजारमा उपलब्ध छन् ।
यसका साथै कम्पनीले स्वचालित मसिनहरु प्रयोग गरी एक्सपी पेन्टिङ सर्भिसमार्फत छिटो, छरितो र सुरक्षित पेन्टिङ सेवा दिँदै आइरहेको छ ।
प्रकाशित समय : २०:४१ बजे




















