global ime bank Long Banner Ad

गृहपृष्ठ एनएमबी बैंक र फ्लाइवायरबीच सम्झौता, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाइनबाटै

एनएमबी बैंक र फ्लाइवायरबीच सम्झौता, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाइनबाटै

एनएमबी बैंक र फ्लाइवायरबीच सम्झौता, अब अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अनलाइनबाटै

एनएमबी बैंकले फ्लाइवायर कर्पोरेशनसँग द्विपक्षीय सम्झाैता गरेको छ । बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीको लागि फ्लाइवायर सम्झाैता गरेकाे हाे ।

यो सम्झाैतासँगै एनएमबी बैंक फ्लाइवायरको तर्फबाट विश्व भरका १७ सयभन्दा बढी शैक्षिक संस्थामा भुक्तानीको लागी नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सकिनेछ ।

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकहरुका लागि परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त रहेकाे बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बताउँछन् । यस सम्झाैताले ग्राहकलाई सजिलाे बनाइदने उनकाे विश्वास छ ।

प्रकाशित समय : २३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु