global ime bank Long Banner Ad

गृहपृष्ठ श्रीलंकाका राष्ट्रपतिले गरे राजीनामा पत्रमा हस्ताक्षर

श्रीलंकाका राष्ट्रपतिले गरे राजीनामा पत्रमा हस्ताक्षर

श्रीलंकाका राष्ट्रपतिले गरे राजीनामा पत्रमा हस्ताक्षर

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षले भोलिदेखि लागू हुने गरी सोमबार पदबाट राजीनमा दिएका छन् । उनले गत सोमबार जुलाई १३ को मिति राखेर राजीनामापत्रमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपतिको राजीनामाको सार्वजनिक घोषणा भोलि हुनेछ ।

राष्ट्रपति गोटाबायाले राजीनामापत्रमा हस्ताक्षर गरेर वरिष्ठ सरकारी अधिकारीलाई हस्तान्तरण गरेका तथा ती अधिकारीले सभामुख महिन्दा यापा आबेवर्देनालाई बुझाउने बताइएकाे छ । संसद्‌बाट भोलि उनले गोटाबाया राजापाक्ष देशको राष्ट्रपति नरहेको सार्वजनिक घोषणा गर्नेछन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेले भोलि नै अस्थायी राष्ट्रपतिका रूपमा सपथ लिनेछन् । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उनले नै शासन सञ्चालन गर्नेछन् ।

सभामुखले आगामी साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई दिएका छन् । राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । प्रधानमन्त्री रनिल विक्रमासिंघे र विपक्षी दलका नेता सजिथ प्रेमदासा उम्मेदवार बन्ने पुष्टि भइसकेको छ । प्रेमदासाले देशको अर्थतन्त्र पुनर्निर्माण गर्न आफू तयार रहेको जानकारी हिजो दिएका थिए ।

यसअघि प्रधानमन्त्री विक्रमासिंघेले पनि पदबाट राजीनामा दिने घोषणा गरेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म त्यहाँबाट बाहिर ननिस्कने स्पष्ट पारेका छन् । शनिबार राष्ट्रपति गोटाबाया देश छाडेर भागेको बताइएको थियो ।

चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवं महामारीका कारण केही महिनायता श्रीलंकाले अकल्पनीय आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिक रूपमा टाट पल्टिएको श्रीलंकामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ ।

बाह्य ऋणको भारीले थिलथिलो भएको टापु राष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ ।

प्रकाशित समय : २३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु