गृहपृष्ठ धौलागिरी लघुवित्तले पायो साधारण सेयर निष्कासन अनुमति
धौलागिरी लघुवित्तले पायो साधारण सेयर निष्कासन अनुमति
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असार २४ गते शुक्रबार वित्तीय संस्था लिमिटेडलाई सेयर निष्कासन अनुमति प्रदान गरेको हो ।
बोर्डको अनुमति पाएसँगै लघुवित्तले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । साधारण सेयर निष्कासनका लागि लघुवित्तले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा यसअघि नै तोकिसकेको छ ।
वित्तीय संस्थाको जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशत बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले बाग्लुङ नगरपालिका-२, श्रीनगर टोल, बाग्लुङमा रजिष्टर्ड कार्यालयमार्फत् आफ्नो कारोबार सञ्चालन गर्दै आइरहेको छ । वित्तीय संस्थाले आफ्नो ४४ वटा शाखा कार्याल र २ वटा उपशाखा स्थापना गरी सेवाग्राहीहरुलाई लघुवित्त कारोबार गर्दै आइरहेको छ ।
प्रकाशित समय : १९:११ बजे



















