global ime bank Long Banner Ad

गृहपृष्ठ चालु आव सकिन सात दिन बाँकी : राजस्व संकलन १० खर्ब ७० करोड

चालु आव सकिन सात दिन बाँकी : राजस्व संकलन १० खर्ब ७० करोड

चालु आव सकिन सात दिन बाँकी : राजस्व संकलन १० खर्ब ७० करोड

चालु आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी रहेको भए पनि अपेक्षितरूपमा राजस्व संकलन हुनसकेको छैन । सरकारको दैनिक हिसाब–किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म कुल  १० खर्ब ७० करोड ४१ लाख बराबर राजस्व संकलन भएको छ ।

चालु आव सकिन अब एक साता बाँकी छ । सरकारले चालु आवमा कुल  ११ खर्ब ८० अर्ब ६० करोड चार लाख बराबर राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कार्यालयका अनुसार हालसम्म कुल लक्ष्यको ८४.७६ प्रतिशत बराबर राजस्व संकलन भएको छ ।

त्यसमा कर राजस्व कुल नौ खर्ब २६ अर्ब ५० करोड ७० लाख बराबर संकलन भएको छ । यो कुल लक्ष्यको ८६.७५ प्रतिशत बराबर हो । चालु आवमा १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर कर राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । बाँकी रहेको अवधिभित्र कर राजस्व तोकिए बराबर नै संकलन हुने सरकारको विश्वास छ ।

त्यस्तै, गैरराजस्व एक खर्ब १२ अर्ब ६२ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७४ अर्ब १९ करोड ७१ लाख बराबर संकलन भएको छ । यो कुल लक्ष्यको ६५.८७ प्रतिशत बराबर हो ।

कार्यालयका अनुसार सरकारले ५९ अर्ब ९१ करोड ९९ लाख बराबर अनुदान प्राप्त हुने अपेक्षा गरेकामा १३ अर्ब ८८ करोड ३३ लाख बराबर प्राप्त भएको छ । कुल लक्ष्यको २३.१७ प्रतिशत बराबर हो ।  सबै विवरणका आधारमा हेर्दा सरकारले चालु आवको हालसम्म अर्थात् (असार २५ गते) आजसम्म कुल लक्ष्यको ८५.३३ प्रतिशत बराबरको प्राप्त गरेको छ ।

त्यस्तै, सरकारको खर्चतर्फ कूल लक्ष्यको ७४।३३ बराबर खर्च भएको छ । त्यसमा सबैभन्दा बढी खर्च चालु खर्च रहेको छ । चालु आवका कूल रु १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ करोड बराबरको बजेट खर्च गर्ने लक्ष्य राखेको छ । त्यसमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ११ करोड ५२ लाख बराबर खर्च भएको छ । त्यसमा चालु खर्चतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म नौ खर्ब ३८ अर्ब २० लाख बराबर खर्च भएको छ । यो भनेको कुल लक्ष्यको ८८.०५ प्रतिशत बराबर हो ।

यस्तै पुँजीगत खर्च कुल लक्ष्यको ४६.२२ प्रतिशत बराबर भएको छ । विकास निर्माणका काम प्रभावकारी बन्न नसकेका कारण पुँजीगत खर्चमा उल्लेख्यरूपमा बढोत्तरी हुन नसकेको देखिन्छ । सरकारले तीन खर्च ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म एक खर्ब ७४ अर्ब ७५ करोड ४२ लाख बराबर खर्च भएको छ । 

यस्तै सरकारले नियमितरूपमा भुक्तानी गर्नुपर्ने ऋणको साँवा र ब्याज भुक्तानीका लागि विनियोजन गरेको वित्तीय व्यवस्थातर्फ लक्ष्यको ५२.४५ बराबर खर्च गरेको छ । चालु आवमा  एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थातर्फ गरेको छ । त्यसमध्ये हालसम्म ९९ अर्ब ३५ करोड ९० लाख बराबर भुक्तानी गरेको छ ।

सरकारको तर्फबाट आगामी आवको बजेट प्रस्तुत गर्दा चालु आवमा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ । कुल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१.२ प्रतिशत, पूँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान प्रस्तुत गरिएको छ ।

कोभिड–१९ महामारीको विषम परिस्थितिकाबीच हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालु आवमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आव वैदेशिक सहायतातर्फ अनुदान  २४ अर्ब ८१ करोड र ऋण एक खर्ब ७२ अर्ब ८८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आवमा दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ ।

प्रकाशित समय : ०३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु