nmb bank

गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छ : खेलकुदमन्त्री

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छ : खेलकुदमन्त्री

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुन्छ : खेलकुदमन्त्री

गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बताएका छन् । काठमाडौंमा शुक्रबार सम्पन्न प्रतियोगिता मूल आयोजक समितिको पहिलो बैठकमा मन्त्री गहतराजले तोकिएको मितिमै प्रतियोगिता सञ्चालन हुने बताए ।

कोभिडका कारण लामो समयदेखि रोकिएको प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री गहतराजले भव्य रुपमा प्रतियोगिता सञ्चालन हुनेमा ढुक्क हुन आग्रहसमेत गरे । 'यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरी प्रतियोगिता सञ्चालन गर्ने छाैं । उपयुक्त मौसमलाई छनोट गरी दशैँ सकेर प्रतियोगिता संचालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिने छ,' मन्त्री गहतराजले भने, 'मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।'

मन्त्री गहतराजले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए । नवौं राष्ट्रिय खेलकुदको तयारीस्वरुप मन्त्री गहतराजको अध्यक्षतामा मूल आयोजक समितिको पहिलो बैठक काठमाडौंमा बसेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले पेश गरेकाे विभिन्न प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो । सदस्य-सचिव घिसिङले नवौं राष्ट्रिय खेलकुदलाई ऐतिहासिक बनाउन सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको बताउदै राष्ट्रिय पर्वका रुपमा रहेको बृहत खेलकुदलाई सफल बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिए ।

प्रकाशित समय : ००:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु