global ime bank Long Banner Ad

गृहपृष्ठ जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । नारा सहरमा भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको हो । जापानी सञ्चारमाध्यहरुले गोली लागेका पूर्वप्रधानमन्त्री शिन्जोको शरीरबाट रगत बगेको र उनी ढलेको बताएका छन् ।

सिन्जोको छातीमा गोली लागेको र उनलाई एम्बुलेन्समा हालेर लगिएको जनाएको छ । घटनास्थलमा रहेका एनएचकेका संवाददाताले यामातो साइदाइजी स्टेसनमा गोलीको आवाज सुनेको बताएका छन् ।

उनलाई गोली प्रहार भए लगत्तै प्राथमिक उपचार गरेर एम्बुलेन्समार्फत नजिकैको खुला स्थानमा लगिएको थियो र त्यहाँबाट प्यारामेडिक हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो । एनएचकेले दिएको जानकारी अनुसार अस्पताल पुर्‍याउँदासम्म बोलिरहेका उनी अहिले अचेत छन् । उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहरी भएको थियो । गोली लागेपछि उनी भुइँमा लडेका थिए ।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु