गृहपृष्ठ स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
रौतहटस्थित सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिका-६ रामनगरबाट स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
अवैध रकमसहित पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्रमा बस्ने मोहम्मद साहिद रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी ध्रुव कार्कीले बताएका छन । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामपुर खापका प्रमुख इन्स्पेक्टर कृष्णनन्दन यादव नेतृत्वको टोलीले बिहीबार साँझ रामनगरबाट जयनगर जाँदै गरेको बीआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा शाहिदको साथबाट नेपाली रुपैयाँ बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।
पक्राउ परेका मोहम्मद शाहिदविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १५:५० बजे



















