गृहपृष्ठ मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज बिहान प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश-१ र मधेस प्रदेशका एकदुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
प्रकाशित समय : १५:२२ बजे


















