nmb bank

गृहपृष्ठ प्रतिनिधिसभा बैठक : आज नागरिकता विधेयक फिर्ता लिइँदै

प्रतिनिधिसभा बैठक : आज नागरिकता विधेयक फिर्ता लिइँदै

प्रतिनिधिसभा बैठक : आज नागरिकता विधेयक फिर्ता लिइँदै

प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ ।

मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

त्यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु