कामना सेवा विकास बैंकको ‘केएस डीजीवर्ल्ड’ सार्वजनिक
वि.सं.२०७९ असार २३ बिहीवार २०:५४
shares

कामना सेवा विकास बैंक लिमिटेडले अनलाइन पोर्टल ‘के एस डीजीवर्ल्ड’ सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यममार्फत सुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ सेवा प्रदान गर्ने हेतुले अनलाइन पोर्टल के एस डीजीवर्ल्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकहरूले बैंकको वेबसाइट वा मोबाइल एपमार्फत एकद्वार प्रणालीमा घरैमा बसी अनलाइन सेवाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । केएस डीजीवर्ल्डमा अनलाइन खाता, अनलाइन ऋण आवेदन, अनलाइन डिम्याट र मेरो सेयर, अनलाइन कार्ड रिक्वेस्ट, अनलाइन क्यूआर रिक्वेस्ट, अनलाइन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरू उपलब्ध रहेको बैंकले उल्लेख गरेको छ ।

























