गृहपृष्ठ आइएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी

आइएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी

आइएमई पे र स्मार्ट क्यूआरबीच साझेदारी

आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’द्वारा प्रवद्र्धित आइएमई पे र SCT द्वारा सञ्चालित स्मार्ट क्यूआरबीच साझेदारीसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा विशेष रूपमा आइएमई पे एप मार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट (अधिकतम ३०० रुपैयाँसम्म) पाउन सकिने छ ।

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीहरूले यो योजनाले प्रयोगकर्ताहरूको व्यापक दायरालाई डिजिटल भुक्तानी विधिहरूतर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तहरू अन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत छुट (अधिकतम ३०० रुपैयाँसम्म) प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले जम्मा रकम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय : २३:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु