मध्य फिलिपिन्समा विद्रोहीको आक्रमणमा परी ७ सैनिक घाइते
वि.सं.२०७९ असार २१ मंगलवार २३:३३
shares

मध्य फिलिपिन्समा मंगलबार बिहान संदिग्ध विद्रोहीहरूले गस्ती गरिरहेका सरकारी सेनाला आक्रमण गर्दा सात सैनिक घाइते भएका छन् । तीमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।
८औँ इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल एडगार्डो डे लियोनले उत्तरी समर प्रान्तको मपानास नगरपालिकामा स्थानीय समय अनुसार बिहान ६ः१५ बजे आक्रमण भएको बताएका छन् ।
विद्रोहीहरूले एन्टि–पर्सनल माइनमा बिस्फोट गराउँदा सैनिकहरू पैदल गस्तीमा रहेको डी लियोनले उल्लैख गरेका छन् । योसँगै सरकारी सेनाहरू जारी अपरेशन रद्द गर्न भएका छन् ।

























