काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रामेछापमा बस दुर्घटना : ९ जनाको मृत्यु, २४ घाइते

12.37K
shares

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । बा ३ ख ८३९६ नम्बरको बस रामेछापकाे सुनापति गाउँपालिका-५, लुभुघाटमा आज बिहान करिब १० बजे दुर्घटना भएकाे हाे ।

सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता बिष्ट चौलागाईंका अनुसार मृतकमध्ये ५ पुरूष र ४ महिला छन् । घाइतेहरुलाई धुलिखेल अस्पताल पठाइएकाे उपाध्यक्ष चौलागाईंले बताइन् । ब्रेक फेल भएर दुर्घटना भएकाे हुनसक्ने अनुमान गरिएकाे उनकाे भनाइ छ । दुर्घटनास्थल खाँडादेवी गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ ।