गृहपृष्ठ रामेछापमा बस दुर्घटना : ९ जनाको मृत्यु, २४ घाइते
रामेछापमा बस दुर्घटना : ९ जनाको मृत्यु, २४ घाइते
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । बा ३ ख ८३९६ नम्बरको बस रामेछापकाे सुनापति गाउँपालिका-५, लुभुघाटमा आज बिहान करिब १० बजे दुर्घटना भएकाे हाे ।
सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता बिष्ट चौलागाईंका अनुसार मृतकमध्ये ५ पुरूष र ४ महिला छन् । घाइतेहरुलाई धुलिखेल अस्पताल पठाइएकाे उपाध्यक्ष चौलागाईंले बताइन् । ब्रेक फेल भएर दुर्घटना भएकाे हुनसक्ने अनुमान गरिएकाे उनकाे भनाइ छ । दुर्घटनास्थल खाँडादेवी गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ ।
प्रकाशित समय : १८:०५ बजे

















