गृहपृष्ठ चुनावी गठबन्धन: सबैको बार्गेनिङ प्रधानमन्त्री पदमा
चुनावी गठबन्धन: सबैको बार्गेनिङ प्रधानमन्त्री पदमा
निर्वाचन आयोगले आगामी कात्तिक वा मंसिरमा संसदीय निर्वाचनको मिति तोक्नको लागि राजनीतिक दलहरुलाई सुझाव दिएको छ । त्यसैगरी प्रमुख राजनीतिक दलहरुभित्र पनि निर्वाचनको बहस सुरु भएको छ । यद्यपि यस सम्बन्धमा सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग अझै परामर्श गरेको छैन । नयाँ-नयाँ समीकरणको सम्भावना खोज्न दलहरु अनौपचारिक भेटवार्ता भने चलाइरहेका छन् ।
अबको केही हप्तामा नै सरकारले निर्वाचनको मिति तोक्ने छ । तर, दलहरुलाई अहिले नै निर्वाचन लागिसकेको छ र सम्भावित चुनावी गठबन्धनको बारेमा यतिबेला व्यापक बहस चलिरहेको छ । नेपालमा कस्तो खालको गठबन्धनको निर्माण होला र त्यसपछि कस्तो र कसको नेतृत्वमा सरकार निर्माण होला ? भन्ने चासो शक्ति राष्ट्रहरुलाई पनि त्यति नै छ ।
विशेषतः चीन अहिलेको गठबन्धन तोडेर कम्युनिष्ट पार्टीहरुको बीचमा तालमेल गराउन लागिरहेको छ भने भारत अमेरिका लगायतका पश्चिमा जगत अहिलेकै गठबन्धनको निरन्तरताको पक्षमा छन् । भारत, अमेरिका र युरोपियन युनियन लगायतका मुलुकहरु नेपालका कम्युनिष्ट पार्टीहरु एक नहुन् र प्रजतान्त्रिक शक्तिले नै यहाँको सत्ता बागडोर सम्हालोस् भन्ने चाहन्छन् । तर, चीनको बुझाई भने नेपालमा कम्युनिष्ट सरकार भएमा आफूलाई काम गर्न सजिलो हुने भन्ने छ । तर के अहिलेको गठबन्धनमा टुट आउने र नयाँ गठबन्धनको निर्माण हुने अवस्था छ त ? यो आलेखमा त्यसको केही ब्याख्या गरिएको छ ।
केही दिनअघि चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताले नेपालका कम्युनिष्ट पार्टीहरुसँगको परामर्शमा वाम गठबन्धनमा जानका लागि आग्रह गरेका थिए । एमाले र माओवादीभित्र कि पार्टी एकता, त्यसो हुन नसकेमा चुनावी तालमेल हुनुपर्ने ठूलो आवाज छ । आफूहरुको बीचमा तालमेल हुन नसकेमा अर्को पाँच वर्ष नेपाली कांग्रेस नै सत्तामा रहने उनीहरुको बुझाई छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बीचमा अविश्वासको ठूलो खाडल परेको छ । उनीहरु एकअर्काप्रति असहिष्णु छन् । त्यसैले उनीहरुको बीचमा संवादसमेत हुन सकेको छैन । एकले अर्कोलाई आशंकाको दृष्टिले हेरिरहेका छन् ।
हाल चलिरहेको पार्टी केन्द्रीय समितिको बैठकमा प्रतिवेदन पेस गर्दै प्रचण्डले कांग्रेस गठबन्धनप्रति इमान्दार नबनी स्वार्थी बनेको आरोप लगाएका थिए । यसले प्रष्ट रुपमा के संकेत गरेको छ भने, संसदीय निर्वाचनमा माओवादीको भाउ बढाउन प्रचण्डले देउवालाई दबाब दिइरहेका छन् ।
दाहाल सकेसम्म कांग्रेसलाई नै मनाएर धेरै सिट जित्ने दाउमा छन् । अबको पाँच वर्ष माओवादी नै निर्णायक शक्तिको रुपमा रहने आँकलन गरेका दाहालको प्रथम चासो भने प्रधानमन्त्रीको कुर्सीतर्फ छ । उनी फेरि प्रधानमन्त्री बन्ने दाउमा छन् ।
उनले यस पटक नेपाली कांग्रेससँग प्रधानमन्त्री पद नै पाउनुपर्ने माग गरिरहेका छन् । कांग्रेसले मागेजति संसदीय सिट र निर्वाचनपछि प्रधानमन्त्री पदको आश्वासन नदिए एमालेसँग मिलेर कांग्रेसलाई हराउने सन्देश उनले दिइरहेका छन् । यसको पुष्टि पछिल्लो समय प्रचण्डले दिँदै आएका अभिव्यक्तिहरुले गरिरहेका छन् । केहीसमय अघिमात्रै माओवादीलाई हेप्ने काम भए एमालेलाईझैँ ठेगान लगाउने भनेर प्रचण्डले कांग्रेसलाई तर्साउने काम गरेका थिए ।
हाल चलिरहेको पार्टी केन्द्रीय समितिको बैठकमा प्रतिवेदन पेस गर्दै प्रचण्डले कांग्रेस गठबन्धनप्रति इमान्दार नबनी स्वार्थी बनेको आरोप लगाएका थिए । यसले प्रष्ट रुपमा के संकेत गरेको छ भने, संसदीय निर्वाचनमा माओवादीको भाउ बढाउन प्रचण्डले देउवालाई दबाब दिइरहेका छन् । र देउवाले आफ्ना माग सम्बोधन नगरे फरक समीकरणबारे सोच्न सक्नेतर्फ पनि प्रचण्डको संकेत छ । किनकि यतिबेलाको अवस्था माओवादी जता, उही दल पहिलो हुने खालको छ ।
हुन पनि पुनः एमाले र माओवादीको बीचमा चुनावी गठबन्धन भयो भने नेपाली कांग्रेसकाे सिट संख्या गत संसदीय निर्वाचनमाजस्तै खुम्चिने सम्भावना छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले संसदीय निर्वाचनमा एमालेसँग तालमेल गर्दै पछि पार्टी नै एकता गरेको थियो । पार्टी तीन वर्षमै भंग भए पनि अहिले फेरि वाम एकताको चर्चा व्यापक छ ।
गत संसदीय निर्वाचनमा वाम एकता हुँदा नेपाली कांग्रेसले प्रत्यक्ष तर्फमात्र २३ सिट जितेको थियो । त्यसैले सबै वामपन्थी मिलेमा नेपाली कांग्रेसको त्यही हालत नहोला भन्न सकिँदैन । यही बुझेर नै प्रधानमन्त्री देउवा जसरी पनि प्रचण्डलाई आफूसँगै राख्ने पक्षमा छन् ।
यतिबेला वाम गठबन्धन निर्माणको लागि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमालेका घनश्याम भुसाल र ईश्वर पोखरेल सक्रिय छन् । उनीहरूकाे जोड अहिले वाम गठबन्धन मात्र गर्ने तर सरकारको बारेमा कुनै पनि खालको सहमति कायम नगर्ने भन्ने नै रहेको छ ।
उता ओलीलाई पनि राम्रोसँग थाहा छ कि, वाम गठबन्धन हुन सकेन भने एमालेको नेतृत्वमा सरकार बनाउन सम्भव छैन । त्यसैले प्रचण्डलाई मनाउनका लागि उनले दोस्रो तहका नेताहरुलाई जिम्मा दिएका छन् । तथापि यस पटक ओली आधा/आधा कार्यकालमा लागि प्रधानमन्त्री पद साट्ने पक्षमा छैनन् । यतिबेला वाम गठबन्धन निर्माणको लागि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमालेका घनश्याम भुसाल र ईश्वर पोखरेल सक्रिय छन् ।
उनीहरूकाे जोड अहिले वाम गठबन्धन मात्र गर्ने तर सरकारको बारेमा कुनै पनि खालको सहमति कायम नगर्ने भन्ने नै रहेको छ । यो पनि पक्का छ कि वामपन्थी गठबन्धनको लागि प्रचण्डले प्रधानमन्त्री पद नै बार्गेनिङ गर्नेछन् । तर एमाले कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार छैन । कांग्रेस त झन् त्यसका लागि तयार हुने कुरै भएन । किनकि यी दुवै मध्येको एउटा दल नै आगामी संसदीय निर्वाचनमा पहिलो हुने सम्भावना छ ।
पहिलो हुने दल नै प्रधानमन्त्रीका लागि स्वतः पहिलो भागिदार हुन्छ । तर संसदीय अंकगणितमा माओवादी सम्भावित निर्णायक शक्ति हुने देखिएकाले कांग्रेस वा एमाले दुवैका अगाडि प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्नुपर्ने अवस्था पनि आउन सक्छ । त्यदि त्यसो भएको खण्डमा मात्र प्रचण्डको प्रधानमन्त्री हुने रहर पूरा हुन सक्नेछ ।
मूलतः चुनावी गठबन्धनको बहस चलिरहँदा सबै पक्षको ध्यान प्रधानमन्त्रीमै अड्किएको छ । वाम गठबन्धन वा अहिलेको सत्ता गठबन्धनकै निरन्तरताको विषयमा कुराकानी भइरहँदा सबैको बार्गेनिङ ‘टूल्स’ प्रधानमन्त्री पद बन्न पुगेको छ ।
प्रकाशित समय : १९:१९ बजे



















