काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अमेरिकामा भरत र नवयुगसँगै दुईजना नेपाली पत्रकार सम्मानित

12.87K
shares

नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको  छ । फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन् ।

अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरे ।  सिंहलाई नेपाल खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपूर्ण योगदानका कारण सम्मान गरेको हो भने अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।

चारै जनालाई नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मानित गरेको हेरी भण्डारीले बताए । यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए । 

एनएसी कप फुटबलका लागि भरत र नवयुग अमेरिकाको एलए गुराँसबाट खेलेका थिए ।