गृहपृष्ठ अमेरिकामा भरत र नवयुगसँगै दुईजना नेपाली पत्रकार सम्मानित
अमेरिकामा भरत र नवयुगसँगै दुईजना नेपाली पत्रकार सम्मानित
नेपाली फुटबलर नवयुग श्रेष्ठ र भरत खवाससँगै दुई जना खेलकुद पत्रकारलाई अमेरिकामा सम्मान गरिएको छ । फुटबलर नवयुग श्रेष्ठ, भरत खवाससँगै खेलकुद पत्रकार रोशनबहादुर सिंह र फोटो पत्रकार कौशल अधिकारी सम्मानित भएका हुन् ।
अमेरिकाको बाल्टिमोरमा भएको एनएसी फुटबल प्रतियोगिताको फाइनल खेलपछि चारै जनालाई बाल्टिमोर काउन्टीअन्तर्गट डिस्ट्रिक्ट आठले सम्मान गरेको हो । चारै जनालाई डिस्ट्रिक्ट आठका डेलिगेट्स हेरी भण्डारीले सम्मान गरे । सिंहलाई नेपाल खेलकुदमा पत्रकारिताको माध्यमबाट गरेको महत्वपूर्ण योगदानका कारण सम्मान गरेको हो भने अधिकारीलाई फोटो पत्रकारितामा गरेको योगदानको कदर गर्दै सम्मान गरेको हो ।
चारै जनालाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित गरेको हेरी भण्डारीले बताए । यसअघि रोशन, कौशल, भरत र नवयुगलाई बाल्टिमोरको १० नम्बर डिस्ट्रिक्टका डेलिगेट जे जेलेसीले पनि सम्मान गरेका थिए ।
एनएसी कप फुटबलका लागि भरत र नवयुग अमेरिकाको एलए गुराँसबाट खेलेका थिए ।
प्रकाशित समय : २२:४५ बजे



















