global ime bank Long Banner Ad

गृहपृष्ठ एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल

एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल

एमालेभित्रको अन्तर्घात छानबिन गर्न कार्यदल

नेकपा (एमाले)ले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहेका छन् । एमालेको आइतबार भएको सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । स्थानीय निर्वाचनका क्रममा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने नेता कार्यकर्ता विरुद्ध पार्टीमा उजुरी परेको थियो ।

बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णायकको भण्डाफोर गर्ने निर्णय पनि भएको उपमहासचिव गुरुङले बताए ।

बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ ।

प्रकाशित समय : ०१:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु