गृहपृष्ठ आइजीपी नियुक्ति विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
आइजीपी नियुक्ति विरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी विवादमा परेको मुद्दालाई सर्वोच्च अदालतले आइतबार पनि 'हेर्दाहेर्दै'मा राखेको छ । सर्वाेच्चका कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सुनुवाइ नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो ।
यस मुद्दामा आजसहित चौँथोपटक सुनुवाइ भइसकेको छ । यसअघि जेठ ३०, असार ५ र १३ मा सुनुवाइ भएको थियो । आज प्रतिवादी पक्षका वकिलहरूले बहस गरेका थिए । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
प्रकाशित समय : ०१:०३ बजे



















