global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि काठमाडौंमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र स्थायी समिति चयन र कार्यविभाजन रहेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति तथा योजनाबारे पनि छलफल हुने कार्यालय सचिव ढकालले बताए ।

गत २०७८ पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले २४६ केन्द्रीय सदस्य चयन गरेको थियो । ती केन्द्रीय सदस्यहरुको पहिलो बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई नै निरन्तरता दिने सर्वसम्मत निर्णय गरेको थियो । तर अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन ।

प्रकाशित समय : १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु