काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

महिला साफ नेपालमा आयोजना गर्ने निर्णय

12.18K
shares

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।

नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफमा भारतले नेपाललाई पराजति गर्दै उपाधि जितेको थियो ।

यस्तै, यु १७ साफ च्याम्पियनसिप भदौ २० देखि ३१ गतेसम्म श्रीलंकामा हुने तय भएको साफले जानकारी दिएको छ । साफको कांग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।