global ime bank Long Banner Ad

गृहपृष्ठ महिला साफ नेपालमा आयोजना गर्ने निर्णय

महिला साफ नेपालमा आयोजना गर्ने निर्णय

महिला साफ नेपालमा आयोजना गर्ने निर्णय

महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ । बंगलादेशको ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको हो ।

साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले महिला साफ आयोजनाका लागि प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई समितिले अनुमोदन गरेको हो ।

नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा आयोजना भएको साफमा भारतले नेपाललाई पराजति गर्दै उपाधि जितेको थियो ।

यस्तै, यु १७ साफ च्याम्पियनसिप भदौ २० देखि ३१ गतेसम्म श्रीलंकामा हुने तय भएको साफले जानकारी दिएको छ । साफको कांग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

प्रकाशित समय : ०१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु