काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वामदेव गौतम निष्कासित

11.7K
shares

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टीमा आवद्ध शीर्ष नेताहरूकाे बैठकले गाैतमलाई निष्काशन गरेकाे हाे ।

अभियानमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टी आवद्ध छन् । बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सो अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

शीर्ष नेताको बैठकले गौतममाथि ५ बुँदे आरोप लगाएको छ । गौतम नेतृत्वको  अभियानले असार ११ गते ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । सो भेलाले नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।