global ime bank Long Banner Ad

गृहपृष्ठ वामदेव गौतम निष्कासित

वामदेव गौतम निष्कासित

वामदेव गौतम निष्कासित

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम निष्कासित भएका छन् । शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा आयोजित पार्टीमा आवद्ध शीर्ष नेताहरूकाे बैठकले गाैतमलाई निष्काशन गरेकाे हाे ।

अभियानमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र आम नेपाली पार्टी आवद्ध छन् । बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सो अभियानका सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।

शीर्ष नेताको बैठकले गौतममाथि ५ बुँदे आरोप लगाएको छ । गौतम नेतृत्वको  अभियानले असार ११ गते ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला गरेको थियो । सो भेलाले नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।

प्रकाशित समय : ०१:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु