global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालले ओन्टारियोलाई ६९ रनले हरायो

नेपालले ओन्टारियोलाई ६९ रनले हरायो

नेपालले ओन्टारियोलाई ६९ रनले हरायो

क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले पराजित गरेको छ । गएराति राति भएको खेलमा नेपालले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियोले ४२ ओभर ५ बलमा अलआउट हुँदै १ सय ५१ रन बनाउन सक्यो ।

ओन्टारियोका रियाजखान पठानले ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ रन जोडे । यस्तै निकोलस मनोहरले २५ तथा जश शाहले २० रन बनाए । नेपालका पवन सरार्फले ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले २२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । नेपालका लागि विनोद भण्डारीले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै आसिफ शेखले ४२ रन जोड्दा देव खनालले २७ रन बनाए । बसिर अहमेदले २४ रन जोड्दा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले सामान १९ रन जोडे । कुशल भुर्तेलले १३ रन जोडे भने आदील आलम १० रन अविजित रहे । ओन्टारियोको शील पटेलले ३ विकेट लिए ।

क्यानडासँगको सिरिजअघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा 'विश्वकप लिग टू'अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

प्रकाशित समय : १५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु