गृहपृष्ठ बैंक अफ काठमाण्डुका ग्राहकलाई युरोपा फिटनेसमा २५% छुट
बैंक अफ काठमाण्डुका ग्राहकलाई युरोपा फिटनेसमा २५% छुट
बैंक अफ काठमाण्डु लिमिटेड र युरोपा फिटनेस सेन्टरबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २५% छुट दिने सम्झौता भएको छ ।
उक्त छुटको उपयोग गर्न ग्राहकहरूले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । युरोपा फिटनेस सेन्टरले ललितपुरको ग्वार्कोबाट सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्दै आइरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डुले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित समय : १५:२२ बजे



















