गृहपृष्ठ त्रियुगा नदीको बाँध भत्किएर खेतमा पस्यो बाढी
त्रियुगा नदीको बाँध भत्किएर खेतमा पस्यो बाढी

उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलमा लगाएको बाँध बाढीले भत्काएको छ । बाँध भत्काएर करिब १० बिगाहा खेतमा बाढी पसेको छ ।
उद्घाटनअघि नै पुल भाँचिएपछि यस क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिंदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरू ज्यान जोखिममा राखेर नदी तर्न बाध्य छन् ।
प्रकाशित समय : १५:०६ बजे