global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको १५ हजार २७ कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक्रिया अघि बढाएको जनाएको हो।

बैंकका अनुसार हालका लागि उक्त सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिइएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।

इच्छुक संस्थापक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा प्रस्तावित मूल्य उल्लेख गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउनुपर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइनेछ।

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर हस्तान्तरण प्रक्रिया नियामकीय व्यवस्था अनुरूप सञ्चालन गरिएको जनाएको छ।

प्रकाशित समय : ०८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु