गृहपृष्ठ जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ ।
सोमबार रित भएको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।
खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।
५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । त्यसपछि खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई जित महत्वपूर्ण जित दिलाए ।
यस जितसँगै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ ।
प्रकाशित समय : ०७:५० बजे



















