global ime bank Long Banner Ad

गृहपृष्ठ झापाको बुद्धशान्तिमा मृत हात्ती फेला

झापाको बुद्धशान्तिमा मृत हात्ती फेला

झापाको बुद्धशान्तिमा मृत हात्ती फेला

झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् ।

विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए ।

हात्तीको शरीरमा कुनै किसिमको चोटपटक देखिएकाे छैन । मृत हात्ती भारतबाट आएको नभएर नेपालकै रैथाने भएको स्थानीयहरूले आकलन गरेका छन् । झापासहित तराइका कतिपय जंगलछेउका बस्तीमा वर्षौंदेखि मानव–हात्ती द्वन्द्व जारी छ ।

यस द्वन्द्वमा वर्षेनि मान्छे र हात्ती दुवै मारिने गरेका छन्। डिभिजन वन कार्यालय झापाका अनुसार पछिल्लो १५ वर्षमा ५३ जना मान्छे र १३ वटा हात्तीको मृत्यु भइसकेको छ ।

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु