काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

झापाको बुद्धशान्तिमा मृत हात्ती फेला

12.26K
shares

झापाको बुद्धशान्ति गाउँपालिका-५ आयाबारीमा एउटा हात्ती मृत भेटिएको छ । स्थानीयवासीले आज बिहान ५ बजेतिर खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीका अनुसार वनरक्षकले मृत हात्तीलाई सुरक्षा घेरामा राखेका छन् ।

विज्ञलाई ल्याएर हात्तीको परीक्षण गरिने खत्रीले बताए । हात्ती के कारणले मरेको भन्नेबारे परीक्षणपछि मात्र भन्न सकिने उनले बताए ।

हात्तीको शरीरमा कुनै किसिमको चोटपटक देखिएकाे छैन । मृत हात्ती भारतबाट आएको नभएर नेपालकै रैथाने भएको स्थानीयहरूले आकलन गरेका छन् । झापासहित तराइका कतिपय जंगलछेउका बस्तीमा वर्षौंदेखि मानव–हात्ती द्वन्द्व जारी छ ।

यस द्वन्द्वमा वर्षेनि मान्छे र हात्ती दुवै मारिने गरेका छन्। डिभिजन वन कार्यालय झापाका अनुसार पछिल्लो १५ वर्षमा ५३ जना मान्छे र १३ वटा हात्तीको मृत्यु भइसकेको छ ।