global ime bank Long Banner Ad

गृहपृष्ठ अख्तियारको प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुल्ने तीनजना पक्राउ

अख्तियारको प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुल्ने तीनजना पक्राउ

अख्तियारको प्रहरी इन्स्पेक्टर भन्दै पैसा असुल्ने तीनजना पक्राउ

महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक (इन्स्पेक्टर) हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् ।

डीएसपी प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर-१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ । तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु