global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ आइएमई पे एपमा एनएलआइसीको बिमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

आइएमई पे एपमा एनएलआइसीको बिमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

आइएमई पे एपमा एनएलआइसीको बिमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

आइएमई पेले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बिमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरूका निम्ती रोचक अफर ल्याएको छ । आइएमई पे एपको 'प्रिमियम तिरौं, क्यासब्याक पाऔं' अफरअन्तर्गत असार १० गतेदेखि सो एपबाट एनएलआइसीको बिमा किस्ता भुक्तानीमा ग्राहकहरूले सो मूल्यको ०.५ प्रतिशत (अधिकतम २ हजार पाँच सय रुपैयाँसम्म) क्यासब्याकको साथै हरेक दिन १ विजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ।

हालसम्म नेपालको २३ वटा बिमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफरमार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनैपनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् ।

केवाइसी रुजु भएको प्रयोगकर्ताहरूले बिमा किस्ताको भुक्तानी नियत मिती (ड्यु डेट) भित्र वा नियत मिती पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरू उपहार जित्ने मौका पाउनेछन् ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु