गृहपृष्ठ गोर्खाज फाइनान्सको नयाँ निक्षेप योजना सार्वजनिक
गोर्खाज फाइनान्सको नयाँ निक्षेप योजना सार्वजनिक
गोर्खाज फाइनान्स लिमिटेडले मंगलबार एक कार्यक्रम गरी चार वटा आकर्षक निक्षेप योजना सार्वजनिक गरेको छ । गोर्खाज फाइनान्स लिमिटेडमा विशेष गोर्खाज बचत खाता खोल्दा दीर्घरोग बिमा तथा दुर्घटना बिमाको सुविधा पाउनुको साथै निशुल्क मोबाइल बैंकिङ, निशुल्क एटीएम, निशुल्क डिम्याट लगायतका सुविधा पाइने छ ।
यस्तै फाइनान्सले एकको दुई र एकको तीन आकर्षक मुद्दती निक्षेप योजनासमेत सार्वजनिक गरेको छ । वित्तीय संस्थामा बचत गरेको निक्षेप ५ वर्ष ९ महिनामा दोब्बर र ९ वर्षमा तेब्बर हुने प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए ।
हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टरसहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नवीनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको वित्तीय संस्था प्रमुख कार्यकारी अधिकृत घिमिरेले बताए ।
प्रकाशित समय : ०१:५७ बजे


















