गृहपृष्ठ रात्रिकालीन फोटोग्राफीलाई प्रेरित गर्न ओप्पो र डिज्नील्याण्ड पेरिसबीच साझेदारी
रात्रिकालीन फोटोग्राफीलाई प्रेरित गर्न ओप्पो र डिज्नील्याण्ड पेरिसबीच साझेदारी
ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । जसमा रात्रिकालिन समयमा प्राकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्ट फोनहरूको लागि चुनौती हो ।
समयमा फोटोहरु ग्रेनी डार्क स्पोट, हाइलाईट्स र वास आउटबीच हराउँछन्। नयाँ फाइन्ड एक्स फाइभ सिरिजको हाई-टेक ४ के अल्ट्रा नाइट भिडियो र ५० एमपीवाईड र अल्ट्रा-वाइड एंगल क्यामरा, बिलियन कलर डिस्प्लेको साथमा कुनै पनि प्रकाशमा अविष्मरणीय वा एसपिरेसनल अवसरहरू रेकर्ड गर्न यो स्मार्टफोनले सक्षम बनाएको छ ।
सपना, चमक, उर्जा र उज्यालो यीशब्दहरू डिज्नील्याण्ड पेरिसको ३०औं वार्षिकोत्सवको अन्तरनिहित अवधारणा हो। यही अवधारणा ओप्पो फाइन्ड एक्स फाइभ सिरिजमा पनि लागू हुन्छन्, त्यसैले ओप्पोले ईन्फ्लुअन्सरहरुलाई उत्सवको अनुभव गर्न र यस अविष्मरणीय क्षणलाई आफ्नो क्यामेरा मार्फत कैद गर्न पेरिस बोलाएको थियो ।
ओप्पो फाइन्ड एक्स फाइभले डिज्नील्याण्ड पेरिसका गेस्टहरुलाई उत्कृष्ट सम्झनाहरू खिच्न र प्रतिष्ठित लाइट शो सुटिङ गर्दा पनि अस्पष्ट, धमिलो वाग्रेनी इमेजहरुको सट्टा प्राकृतिक तिखो र रंगीविरंगी फोटो खिच्न मद्दत गरेको छन् । ओप्पो फाइन्ड एक्स फाइभ प्रोले वार्षिक उत्सवका तामझाम, आतिशबाजी, ड्रोनद्वारा प्रक्षेपण गरेकाफोटो तथा भिडियोहरु तथा जोशिला संगीतको अपत्यारिलो किसिममको प्राकृतिक र तीखो रंगहरूमा कैद गरेका छन् ।
ओप्पो ग्लोबल मार्केटिङका अध्यक्ष विलियम लिउले भने, 'ओप्पो फाइन्ड एक्स फाइभ प्रोले यस डिज्नील्याण्ड पेरिसको ३०औँ वार्षिकोत्सवका क्षणहरु यति राम्रो र अविष्मरणीय रुपमा फोटो तथा भिडियोकोमार्फत लिइएको छ कि अब यसले रात्रिकालिन फोटो तथा भिडियो सुट गर्न पनि मान्छेहरुलाई प्रेरित गर्नेछ ।'
प्रकाशित समय : ०१:२२ बजे