nmb bank

गृहपृष्ठ सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौता

सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौता

सूर्या र ज्योति लाइफबीच मर्जर सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने भएका छन् । आइतबार एक कार्यक्रमको आयोजना गरी एक आपसमा मर्जरको सम्झौता गरेसँगै दुवै कम्पनी मर्जरमा जाने भएका हुन् ।

उक्त सम्झौतापत्रमा दुवै कम्पनीका सञ्चालक समिति अध्यक्षले हस्ताक्षर गरेका छन् । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५५ करोड रुपैयाँ र ज्योति लाइफ इन्स्योरेन्सको २ अर्ब ४२ करोड रुपैयाँ पुँजी छ । यी दुई कम्पनीबीच १:१ को अनुपातमा स्वाप रेसियो सम्झौता भएमा नयाँ कम्पनीको चुक्ता पुँजी करिब ५ अर्ब रुपैयाँ पुग्ने देखिन्छ ।

सूर्या लाइफ इन्स्योरेन्सका सीइओ पवन खड्काका अनुसार अहिले दुई कम्पनीबीच मर्जरको प्रारम्भिक सम्झौता भएको हो । कम्पनीको मर्जर समितिले गरेको डीडीएको आधारमा स्वाप रेसियो, नयाँ बन्ने कम्पनीको अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत र कर्मचारी समायोजनको विषय टुंगो लाग्ने उनको भनाइ छ ।

मर्जर गर्ने सम्बन्धमा सैद्धान्तिक सहमतिको लागि सम्झौतापत्र सहित बिमा समितिमा निवेदन दिने र बिमा समितिबाट सहमतिपत्र प्राप्त हुनासाथ डीडीएलगायत मर्जरसम्बन्धी अन्य कार्य दुर्त गतिमा अगाडि बढाइने जानकारी गराइने इन्स्यारेन्सले जनाएको छ । नियमनकारी निकाय बिमा समितिबाट निर्देशित पुँजी वृद्धी गर्नुपर्ने समय सिमाभित्रै चुक्ता पुँजी वृद्धि गरी बिमा समितिको लक्ष्य अनुरुप बिमकहरुको संख्या घटाउने, पुँजीको आधार बलियो बनाउने, स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा व्यवसाय गर्ने छ ।

नियामक निकायको सुपरीवेक्षण क्षमता बढाउन यो मर्जरले सघाउ पुग्ने र मर्जर सम्पन्न भएपश्चात कम्पनीका सेयरधनी, बीमित, अभिकर्ता, कर्मचारीलगायत सम्बन्धित सबै पक्षलाई लाभ हुने दुवै कम्पनीको विश्वास छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु