moneygram ime

गृहपृष्ठ फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी
citizen life insurance

मध्यफिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ । अहिलेसम्म उद्धारकर्ताले दुईजना बाहेक सबैलाई सुरक्षित स्थानमा ल्याइसकेको बताएका छन् ।

आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एकजना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ । मामा मेरी–क्लो नाम गरेको उक्त डुंगा बोहोल र लेयट टापुहरूको बीचमा यात्रा गर्दै थियो । फेसबुकमा कोस्ट गार्डले सार्वजनिक गरेको एउटा भिडियोमा दुर्घटनामा बाँचेकाहरूलाई नदी  किनारमा बसेको देखाइएको छ ।

१५७ यात्रु र आठ चालकदल सहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन । क्षमताभन्दा बढी यात्रुका फिलिपिन्समा बारम्बार डुंगा दुर्घटना हुने गरेका छन् ।

प्रकाशित समय १२:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

muktinath bikas bank