global ime bank Long Banner Ad

गृहपृष्ठ नयाँ मन्त्रीको सपथ आज

नयाँ मन्त्रीको सपथ आज

नयाँ मन्त्रीको सपथ आज

नेकपा (एकीकृत समाजवादी)बाट मन्त्रिपरिषदमा नियुक्त भएका नयाँ मन्त्रीको सपथ आज बिहान हुने भएको छ । राष्ट्रपति कार्यालयबाट सोमबार बिहान ११ बजे सपथ ग्रहणका लागि खबर आएको नवनियुक्त मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन् ।

प्रकाशित समय : १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु