गृहपृष्ठ नयाँ मन्त्रीको सपथ आज
नयाँ मन्त्रीको सपथ आज

नेकपा (एकीकृत समाजवादी)बाट मन्त्रिपरिषदमा नियुक्त भएका नयाँ मन्त्रीको सपथ आज बिहान हुने भएको छ । राष्ट्रपति कार्यालयबाट सोमबार बिहान ११ बजे सपथ ग्रहणका लागि खबर आएको नवनियुक्त मन्त्री मेटमणि चौधरीले जानकारी दिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, सहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी नियुक्त भएका हुन् ।
प्रकाशित समय १२:४० बजे