गृहपृष्ठ सेञ्चुरी बैंककाे हाइब्रिड बचत खाता : एउटैमा दुई किसिमको फाइदा
सेञ्चुरी बैंककाे हाइब्रिड बचत खाता : एउटैमा दुई किसिमको फाइदा
सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी हाइब्रिड’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले एउटै खातामा दुई प्रकारको फाइदा दिने उद्देश्यले सो बचत खाता सञ्चालनमा ल्याएको हो ।
सेञ्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा नै खोल्न सकिनेछ । दैनिक मौज्दातमा ब्याज गणना गरिने यो खातामा मासिक ब्याज भुक्तानी पाइने छ । यस खातामा ग्राहकहरुले उच्चतम ब्याज प्राप्त गर्न सक्ने बैंकले जानकारी गराएको छ ।
यसका साथै, यो खातामा बैंकले ग्राहकलाई भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको छ । बैंकका अनुसार यस खातामा विभिन्न सेवाहरु बिना कुनै शर्त खाता सञ्चालन भएसम्म निःशुल्क हुने छ । साथै, यो खाता बैंकका सम्पूर्ण शाखाबाट खोल्न सकिनेछ ।
बैंकले हाल १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय : १३:२८ बजे


















